Wednesday, 13 July 2016

भारतमा बस दुर्घटना हुदाँ पाँच नेपालीको मृत्यु

नेपालगन्ज । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार  बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना ४ ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा सोमबार राती अवेर ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us