Wednesday, 13 July 2016

एक वेवारिसे शवको लागि दुई परिवारको दाबी

स्याङ्जा । स्याङ्जाको तीनदोबाटे गाविसस्थित बायाँटारी बजार नजिकको आँधीखोलामा मंगलबार साँझ एक वेवारिसे शव फेला परेको छ । वेवारिसे शवका लागि आफन्त भन्दै छुट्टाछुटै दुई परिवारले दाबी गरेका छन् । 

खोलामा रहेको ठूलो ढुँगाले च्यापिएको अवस्थामा शव फेला परेपछि प्रहरीले पोष्र्टमाटमको लागि वालिङ स्वास्थ्य केन्द्रमा ल्याएको छ । पोष्टमार्टम अगाडी नै सो शव आफ्न्तको भएको परिवारले दाबी गर्दै वडा प्रहरी कार्यालय वालिङमा निवेदन परेपछि दुवै पक्षलाई सनाखतको लागी बोलाइएको प्रहरी निरीक्षक उत्तम बरालले बताए । 

‘सनाखत गर्न दुवै परिवारलाई बोलाइसकेका छौं । सनाखत गर्न सकेको अवस्थामा पोष्र्टमाटम पश्चात सम्बन्धित परिवारलाई बुझाउनेछौं । यदि सनाखत हुन सकेन भने डिएनए परिक्षण गर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने ।

केही समय अगाडि हराइरहेका दाङ जिल्ला घर भइ हाल राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा कार्यरत ४० वर्षीय असई डिलबहादुर वली र स्याङ्जा जिल्ला कालीकाकोट गाविस घर भएका ३३ वर्षीय मानबहादुर विक हराइरहेका थिए । दुवैको परिवारले शव आफन्तको हुन सक्ने भन्दै दाबी गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विक गत २४ गते हराएको र घर परिवारले आफैं खोजी गरे पनि प्रहरीलाई कुनै सूचना प्राप्त थिएन । 

अनुसनधान कार्यालयका वली भने १७ दिन अगाडि हराई हालसम्म सम्पर्कमा छैनन् । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us