काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयभित्र नवजात शिशु फेला परेको छ । महिना पुगेर जन्मेको सालनाल सहितको स्त्री जातको शिशु शौचालयमा भेटिएको प्रहरीले बताएको छ ।
नवजात शिशु शुक्रबार साँझ फेला पारिएको प्रहरीले बताएको छ । शिशुको सोही अस्पतालमा उपचार भइरहेको छ । बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले बताएको छ ।
प्रहरीले शिशुका आफन्तको खोजी गरिरहेको बताएको छ ।