Saturday, 16 July 2016

दुई करोडको सुनको सर्ट लगाउनेको ढुंगाले हानेर मारियो

काठमाडौं । झण्डै दुई करोड रुपैयाँ पर्ने सुनको सर्ट लगाएर चर्चामा आएका एक भारतीय पुरुषको ढुंगाले हानेर हत्या गरिएको छ । गोल्डम्यान नामले चिनिने दत्तात्रे फुगेको पूणेमा अज्ञात व्यक्तिहरुले ढुंगा तथा धारिलो हतियारले प्रहार गरेर हत्या गरेको बताइएको छ ।

४४ वर्षका फुगेको बिहिबार घरबाटै अपहरण गरिएको थियो र सोही रात हत्या भएको हो । डिघिस्थित भारतमाता नगरमा रहेको उनको घरमा राति साढे नौ बजे चार पाँच जना अपरिचित मानिसहरु प्रवेश गरी उनलाई जबरजस्ती अपरहण गरी लगेका थिए ।

पुलिसले उनको हत्या भएको ठाउँबाट धारिलो हतियार बरामद गर्नुका साथै घटनामा संलग्न भएको आशंकामा केही मानिसहरुलाई पक्राउ गरेको छ ।

फुगेले दुई करोड रुपैयाँको सुनको सर्ट तथा अन्य गहना गरेर जिउमा ७ किलो सुन लगाउँथे । पैसाकै विवादमा उनको हत्या भएको अनुमान गरिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us