Friday, 15 July 2016

अत्यधिक खोजीको सूचीमा सन्नी लियोन र सलमान


काठमाडौं । १० वर्षयता इन्डियन अनलाइनमा अत्यधिक खोजिएका सेलिब्रिटीमा बलिउड स्टार सलमान खान र सन्नी लियोनको नाम अगाडि देखिएको छ। सर्च इन्जिनमा सबैभन्दा धेरै पटक यी दुई बलिउड कलाकार खोजिएको तथ्य गुगलले सार्वजनिक गरेको हो।

सलमानपछि शाहरुख खान र अक्षय कुमार पनि खोजीको सूचीमा अगाडि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यस्तै अभिनेता अमिताभ बच्चन चौथो र रजनिकान्त पाँचौ स्थानमा रहेका छन्। अभिनेत्रीतर्फ भने कट्रिना कैफ दोस्रो, करिना कपुर तेस्रो, काजल अग्रवाल चौथो र दीपिका पादुकोण पाँचौ स्थानमा रहेका छन्।

धेरै पटक इन्टरनेटमा खोजिएका बलिउड क्लासिक अभिनेता(अभिनेत्रीमा अमिताभ बच्चन पहिलो स्थानमा रहे। त्यस्तै अभिनेत्रीतर्फ रेखा शीर्ष स्थानमा रहिन्।

१० वर्षयता धेरै पटक खोजिएको फिल्ममा भने पिकेु पहिलो नम्बरमा रह्यो। काहानी दोस्रो, बाहुबली तेस्रो, आशिकी २ चौथो र धुम३ पाँचौ स्थानमा रहे।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us