Saturday, 23 July 2016

पारस शाहलाई निर्मल निवास जिम्मा लगाएर, ज्ञानेन्द्र युरोप हिडे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह स परिवार शुक्रबार राती यूरोप तर्फ प्रस्थान गरेका छन् । छोरा पारसलाई निर्मल निवासमा घर कुरुवा राखेर उहाँ दुई साता लामो युरोपी राष्ट्र इटाली तर्फ प्रस्थान गर्नुभएको हो । 

उहाँको साथमा पूर्वरानी कोमल, बुहानी हिमानी, नाती ह्दयन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तबहादुर थापा, दुई नानी, नीजि सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठ सहभागि छन् ।

सुनाकोठी बस्दै आएका पारस घर कुर्न निर्मल निवास पुगेका छन् । नितान्त व्यत्तिगत भ्रमणमा निस्केका पारसले त्यहाँका धार्मिक, एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने छन् भने त्यहाँ रहेका नेपालीहरुसँग समेत भेटघाट गर्ने छन् । लामो विदेश बसाई पछि नेपाल आएका पारस पहिलो पटक निर्मल निवास प्रवेश गरेका हुन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us