पक्राउ परेका गुण्डा नाईके दीपक मनाङ्गेलाई छुटाउन नेपाली राजनीतीको उच्च तहबाट समेत प्रयत्न भएको पाईएको छ । मनाङ्गेलाई छुटाउन हाईलेभलबाट आफुलाई फोन आएको स्विकार्दै काठमाडौंका प्रहरी प्रमुख विक्रम सिंह थापाले भने, ‘फोन आएका छन्, त्यस्तो फोन आउँछन्, जान्छन्, सोर्स फोर्सले विक्रम थापा गल्दैन ।’
मनाङ्गे विरुद्ध पछिल्लो पटक महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन उजुरी परेपछि प्रहरीले उनलाई पिछा गरेको थियो । ठमेल क्षेत्रका ब्यापारीलाई आफ्ना केटा प्रयोग गरेर धम्की दिनेगरेको र रकम असुल गर्ने गरेकोबारे उजुरी परेपछि मनाङ्गेलाई पक्राउ गर्न बिहीवार महानगरीय प्रहरी परिसरको विशेष टोली ज्याठा पुगेको थियो ।
प्रहरी स्रोतका अनुसार धम्क्याएर असुल गरेको ५० हजार प्रहरीले उनको साथबाट बरामद गरेको छ ।विहिवार साँझ ठमेलबाट दीपक मनाङ्गे संगठित अपराधको आरोपमा पक्राउ परेका हुन् | प्रहरीको विशेष टोलीले धम्क्याएर असुल गरेको रकम सहित पक्राउ गरेको थियो । मनाङ्गेले ठमेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर गुण्डागर्दी गर्दै आइरहेका छन् |