Sunday, 31 July 2016

भारतीय पूर्वमन्त्रीको घरमा भेटियो नेपालीको शव

नयाँदिल्ली । भारतमा कांग्रेसका स्व। पूर्वमन्त्री हर्नाम दास जोहरको घरमा एक नेपाली मृत भेटिएका छन् । ४० वर्षका भगत सिंह मृत भेटिएका हुन् । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए ।

हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्थे । त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए । शनिवार भगत फ्यानमा पासो लगाएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले शव पोस्टमार्टमका लागि सिभिल अस्पताल पठाएको छ र घटनाबारे अनुसन्धान थालेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us