Saturday, 30 July 2016

अचम्मको जोडीः ७१ वर्षकी बेहुली, १८ वर्षे बेहुला

काठमाडौं । भनिन्छ, मानिसको जोडी भगवानले बनाइदिएका हुन्छन् । विशेषगरी मानिसहरु आफूसँग विवाह गर्न उस्तै पारिवारिक स्थिती, उमेर समूह, पढाइलगायतका कुरा हेर्ने गर्दछन् । तर कुनै जोडी यस्ता पनि हुने गर्दछन् जसलाई यी कुराहरुको केही मतलब लाग्दैन । कुनै विवाह निकै अचम्मका पनि हुन्छन् । आज हामी तपाईंलाई यस्तै अचम्मको विवाहबारे बताउँदैछौं ।

टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचसँग विवाह गरेकी छिन् । यी दुबैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो । अन्त्येष्टि अल्मेडा इरेलको छोराको थियो ।

स्रोतका अनुसार यी दुबैको प्रेम पहिलो भेटमा नै बसेको थियो । तीन हप्तासम्म चलेको रोमान्सले अन्ततः विवाहको रुप लियो । अब गेरी अल्मेडाको घरमा उनीसँगै बसिरहेका छन् । उक्त घरमा अल्मेडाको नाती पनि बस्छन् जो उनको श्रीमानभन्दा तीन वर्ष जेठा छन् ।

गेरी पहिलेदेखि नै पाका महिलाहरुप्रति आकर्षित हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि नै आफूभन्दा जेठो महिला मनपर्थे । जब म ८ वर्षको थिएँ तब मलाई मेरो शिक्षिका मनपर्दथ्यो । ’
यता अल्मेडा पनि गेरी आफ्नो जीवनमा आएपछि आफ्नो खोजी पूरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म ४३ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यति बेलादेखि नै म एक ‘सोलमेट’ को पर्खाइमा थिएँ । गेरी पाएपछि मेरो खोजी समाप्त भएको छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us