मकवानपुर । मकवानपुरको मनहरीमा–३ स्थित रमनटारमा आइतबार बिहान १२स्४० बजे बस एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ । यसैगरी ३२ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किएको हो ।
मृत्यु हुनेहरुमध्ये चार जनाको पहिचान खुलेको छ । जसमा चारै जना उदयपुरका रहेका छन् । लक्ष्मी प्रसाद अधिकारी, मणिरत्न चौधरी, सन्तोष चौधरी र विनोद चौधरीको पहिचान भएको हो भने बाँकी ५ जनाको पहिचान हुन सकेको छैन ।
मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।
मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवाल सुरेश थापाले जानकारी दिए ।