Friday, 22 July 2016

पकाइरहेको मासुको कति मिठो बास्ना आएको भन्दै रातको १२ बजेसम्म सामुहिक बलात्कार

काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ ९नाम परिवर्तन काठमाडों आएकी छन् । पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् । तामाङ पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो ।

आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । घटना चार दिन अगाडिको हो । दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् ।होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएको भन्दै तीन रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताए पनि उनीहरु जान मानेन् ।
केही बेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए । तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक बलात्कार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काएको तामाङले बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us