Friday, 8 July 2016

जन्मदेखि नै ओछ्यानमा थला परेपछि …

म्याग्दी– जन्मेदेखिनै ४२ वर्षसम्म पनि कोही मानिस ओछ्यानमै रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविक घटना हो ।

जन्मदेखि नै ओछयानमा थलाजन्मदेखि नै अपाङगता भएर ओछयानमै थला परेकी म्याग्दीको भगवती–७ हुमेनटोलकी पदमकुमारी रिजाल । शरीरको कुनै अङगले काम नगरेपछि उनी आफनो जीवनको ४२ वर्ष बिताउन विवश बनेकी हुन ।

म्याग्दीको भगवती–७ हुमेनटोलकी पदमकुमारी रिजाल जन्मदेखि नै अपाङ्गता भएपछि ओछ्यानमै थला परेकी छिन् ।

विसं २०३१ मा आमा हरिकला र बुबा पृथुलाल रिजालको माइली छोरीका रुपमा जन्मिएकी रिजालको शरीरको कुनै अङ्गले काम नगरेपछि उनी आफ्नो जीवनको ४२ वर्ष बितिसक्दासमेत जन्मेदेखि नै ओछ्यानमै जीवन बिताउन विवश बनेकी हुन् ।

पदमकुमारी सुताएको ठाउँबाट हलचल गर्न र बोल्नसमेत सक्दिनन् । उनलाई खाना खुवाउनेदेखि सबै काम अरूले गरिदिनुपर्छ । घरमा उनी मात्रै होइन पदमकुमारीकी जेठी दिदी चेतकुमारीसमेत अपाङ्गता भएकी छिन् ।

वाक र बहिरा अपाङ्गता रहेकी चेतकुमारीले जन्मेदेखि नै थला परेकी बहिनी पदमकुमारीको स्याहार गर्दै आएकी छिन् । पदमकुमारी जन्मेको सात महिनासम्म सामान्य नै थिइन् ।

‘‘भुइँमा एक्लै पल्टेर खेल्थी, आवाज निकाल्थी, आठ महिनामा बिरामी परी, त्यसपछि बेनीमा लगेर उपचार पनि ग¥र्यौं, तर उसको शरीरका अङ्गले काम नै गरेनन््”, उनकी आमा हरिकलाले भनिन् ।

छोरीलाई घरमा डालीमा राखेर बस्न सक्ने बनाउन पनि खोजे रिजाल परिवारले । गाउँमा झारफुक पनि गरे । अस्पतालमा पनि लगे । तर कहीँबाट केही उपाय ननिस्किएपछि उनीहरु ओछ्यानमै ढलेकी छोरीलाई हेरेर बस्न विवश छन् ।

“अहिलेको जस्तो सुविधा त्यतिबेला थिएन, गाउँमा गर्ने सबैखालका उपचार गर्दासमेत माइली छोरी पदमकुमारी कहिल्यै उठ्न र बोल्न सक्ने भइनन्, अहिलेको जस्तो उपचार सेवा पाएको भए सायद निको हुने थियो होला, आर्थिक अभावले त्यतिबेला उपचारका लागि ठूला ठाउँमा पु¥याउन सकेनाँै”, आमा हरिकलाले चिन्तीत हुनै भनिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us