Wednesday, 20 July 2016

अब होटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

चितवन ।  हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउने तयारी थालेका छन्। चितवन होटल व्यवसायी संघले शनिबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने सहभागीले बताए।

लजको भर्‍याङ र रिसेप्सनमा सिसी क्यामेरा राख्दा सुरक्षाका दृष्टिले राम्रो हुने व्यवसायीको भनाइ थियो।

असार २७ गते नारायणगढको कलश लजमा मृत भेटिएकी युवतीको हत्या आरोपित व्यक्ति लजको सिसी क्यामेरामा कैद भएको पहिचानको आधारमा भोलिपल्टै धादिङबाट समातिएका थिए । ‘त्यसैले २–४ हजारको लोभ नगर्नुहोस, सुरक्षा राम्रो भए व्यापार बढ्ने हो । सिसी क्यामेरा राख्नुहोस,’ छलफल कार्यक्रममा सहभागी चितवनका प्रहरी उपरीक्षक ९एसपी० वसन्त कुँवरले भने ।

उनले लजमा बस्न आउनेको विवरण पनि प्रस्ट रुपमा राख्न व्यवसायीलाई अनुरोध गरे । ‘कतिजना बस्ने हुन् सबैको परिचय खुल्ने कागजपत्र माग्नुहोस । नागरिकता होला, परिचयपत्र होला, एटिएम कार्डसम्म पनि त हुन्छ, ती माग्नुहोस । दिएनन् भने ती शंकास्पद हुन् निगरानीमा राख्नुहोस, प्रहरीलाई खबर गर्नुहोस,’ एसपी कुँवरले भने । परिचय खुल्नेसहितका रेकर्ड राख्न कडाइ गरे अपराध निरुत्साहित हुने उनले बताए।

चितवनका लजमा श्रीमान–श्रीमती भएको पक्का हुने कागजपत्र नदेखाउँदासम्म कुनै महिला र पुरुष एउटै कोठामा बस्न नपाउने नियम छ। यसमा हेलचक्र्याइँ हुँदा बेलाबेलामा दुःखद घटना हुने गरेको प्रहरीको भनाइ छ।

चितवन होटल व्यवसायी संघका अध्यक्ष ढासिराम ढकालका अनुसार चितवनमा दुई सयभन्दा धेरै लज छन् । केही वर्षयता केही ठूला होटलहरुले सिसी क्यामेरा राख्न थालेका छन् । तर यो संख्या धेरै कम छ । हालसम्म १५–२० वटा लजमा मात्र सिसी क्यामेरा राखिएको व्यावसायी बताउँछन् । कलश होटल प्रकरणपछि भने सिसी क्यामेराको महत्व धेरैले बुझेका छन् ।

चितवनका लजमा श्रीमान–श्रीमती भएको पक्का हुने कागजपत्र नदेखाउँदासम्म कुनै महिला र पुरुष एउटै कोठामा बस्न नपाउने नियम छ। यसमा हेलचक्र्याइँ हुँदा बेलाबेलामा दुःखद घटना हुने गरेको प्रहरीको भनाइ छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us