काठमाडौं । सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर वेपत्ता भएका सप्तरीका एक जना गाविस सचिवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मलेकपुर गाविस सचिव प्रदीप कर्णलाई प्रहरीले शनिवार राजविराजबाट पक्राउ गरेको हो ।
उनले गाविसको सामाजिक सुरक्षा भत्ताबापतको २३ लाख ९५ हजार रकम लिएर वेपत्ता भएका थिए । उनी वेपत्ता भएलगत्तै जिल्ला विकास समितिले प्रहरीलाई पत्राचार गरेर उनको खोजी गर्न अनुरोध गरेको थियो ।
जिविसका योजना अनुगमत तथा प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले वेपत्ता हुने सचिव कर्णलाई निलम्बन गर्न प्रक्रिया सुरु भइसकेको बताए ।