Sunday, 31 July 2016

पाइलटको गल्तीका कारण तारा एयरको जहाज दुर्घटना

काठमाडौं । गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई दलीको अध्यक्षतामा बनेको पाँच सदस्यीय टोलीले यो प्रतिवदेन बुझाएको हो । यो प्रतिवेदन तयार पार्न तीन महिनाको समय सीमा दिइएको भए पनि आयोगले पाँच महिना खर्चिएर तयार पारेको हो । प्रतिदेनले चालकदलले बादलभित्र उडान गराएको र आफ्नो हवाई रुट भुलेका कारण दुर्घटना हुन पुगेको तथ्य औंल्याएको अध्यक्ष दलीले जानकारी दिए ।

चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम ९जीपीडब्ल्यूएस० को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छु, दलीले भने ।

उनका अनुसार यही गल्तीका कारण एकपछि अर्को गल्ती दोहोरिँदै गएर जहाज दुर्घटनामा परेको तथ्य ककपिट भ्वाइस रेकर्डले देखाएको छ । पहाडअगाडि आउँदा अपनाउनुपर्ने सावधानीलाई पनि बेवास्ता गरेको दाबी प्रतिवेदनले देखाएको छ ।

तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । यो जहाजले घोडेपानी पार गरेपछि आफ्नो रुट छोडिसकेको थियो ।

बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।

यो जहाज दुर्घटना हुनुभन्दा एक मिनेट १५ सेकेन्डअगाडि मात्रै क्याप्टेनको कमान्डमा आएको देखिएको छ आचार्यले भने । कोपाइलटले जहाज कमान्ड गर्नु नै नहुने भन्ने त होइन तर ुक्रिटिकल वेदरु भएकाले जहाज पाइलटले नै कमान्ड गरेर जानुपर्ने बुझाइ आचार्यको छ ।

जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।

दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए ।

यो जहाज ताराले २०७० साउन २९ मा नेपाल भित्र्याउनुभन्दा ३ महिना अगाडि मात्रै निर्माण भएको हो । आधुनिक प्रविधिको नयाँ जहाज भित्र्याएर ताराले चार सय ८२ वटा मात्रै उडान गरेको थियो । पाइलट रोशन मानन्धर र कोपाइलट डिकेश नम्कुनले उडाएको यो जहाज दुर्घटनामा सवार सबैको निधन भएको थियो । जहाजमा दुईजना विदेशी र दुईबालकसहित २३ जना सवार थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us