Thursday, 21 July 2016

केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका

काठमाडौं । भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ ।
भारतको उत्तर प्रदेशमा गरिएको एक अध्ययनले पाका मानिसहरु महिलालाई जिस्काउनमा सबैभन्दा अगाडि रहेको देखाएको छ ।
वुमन पावर लाइन १०८० को तथ्यांक अनुसार महिलामाथि दुव्र्यवहारको आरोपमा अहिलेसम्म जेल पठाइएका मध्ये ६८ प्रतिशत पुरुषहरु ५० वर्षभन्दा माथिका छन् । अहिलेसम्म ५ सय ७३ जना पुरुषलाई महिलालाई जिस्काएको वा दुव्र्यवहार गरेको आरोपमा जेल पठाइएको छ । जसमा धेरै पुरुषहरु ५० वर्षभन्दा पाका छन् ।
यस्तो अभियोगमा पक्राउ परेकाहरुमध्ये केही मानसिक रोगी पनि पाइएका छन् । पाका मानिसहहरु बढी हिम्मतिला हुने र केटीहरुले आफ्नो विरुद्ध पुलिसमा उजुरी नगर्ने विश्वासका साथ पुनः दुव्र्यवहार गर्ने गरेको पाइएको छ ।
अझ विभिन्न कम्पनी तथा कार्यालय संचालन गरेका पाका पुरुषहरुले त्यहाँ जागिरका लागि आवेदन गर्न आउने युवतीहरुमाथि जागिरको लोभ देखाएर अश्लील हर्कत गर्ने गरेको समेत पाइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us