भारत । भारतको मध्यप्रदेश राज्य स्थित रायसेन जिल्लाको एउटा अनौठो घटना भएको छ । बिहाह गरेको १० दिनमै बेहुली सुत्केरी भएको धटनाले स्थानीय चकित परेका छन् ।
घर परिवारले सोधपुछ गरेपछि खुल्न आएको तथ्य त अझ चकित छ । नबबिबाहित ति महिलाले आफु पटक पटक बलत्कारको शिकार भएको स्विकार गरेकी छिन् । गाउँकै काशिरामले आफुलाई पटक पटक बलत्कार गर्ने गरेको उनको भनाई छ । बदनाम गर्ने डर देखाएर पटक पटक त्यस्तो गर्ने गरेको भन्दै उनले बिबाह अघि नै पति सुँग समेत सम्बन्ध राखिसकेको बताएकी छिन् ।
उनीहरुको कबिर एक वर्ष अद्धि बिबाहको छिनोफानो भएको थियो । बिबाहको टुगो लागिसकेपछि पटक पटक पति आफुलाई भेट्न आउने बेलामा शारिरिक सम्बनध राख्ने गरेको बताइान् ।
प्रहरीले ती महिलाबाट जन्मिएको बच्चा कस्को हो भन्ने पत्ता लगाउनका लागि डिएनए परिक्षणको तयारी थालेको छ भने काशिरामलाई बलात्कारको मुद्धा दर्ता गराएको छ ।