नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाई आज बिहान लाजिम्पाट पुगेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । भेटमा अध्यक्ष दाहालले अबको केही दिनमा आफ्नो नेतृत्वमा सरकार निर्माण हुने बताउँदै चीनसँग यसअघि भएको सन्धी सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
दाहालले अहिलेको सरकारले चीनसँग गरेको सन्धी, सम्झौता र समझदारी आफू यसअघि प्रधानमन्त्री भएको बेला भएको सहमतिको परिणाम भएको बताएको उनको सचिवालयले जनाएको छ ।
चिनियाँ राजदूतसँगको भेटमा दाहालले अब बन्ने सरकारले संविधान कार्यान्वयन, पुननिर्माण र विकासका कामलाई प्राथमिकतामा राख्ने धारणा राखे ।
भेटमा चनियाँ राजदूत छुन्थाईले सरकार परिवर्तन नेपालको आन्तरिक मामला भन्दै अब बन्ने सरकारलाई चीनको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।