Wednesday, 27 July 2016

एमाले विभाजनतीर ! माधव नेपालद्धारा एमाले पार्टी फुटाउने तयारी

काठमाडौं  । नेकपा एमालेका नेता माधवकुमार नेपालले गत आइतबार पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरी एमाले फुटाइदिने धम्की दिएको समाचार प्राप्त भएको छ । युवाहरुलाई उद्यमी व्यवसायी बन्न सहयोग पुर्याउने उद्देश्यले सरकारद्वारा गठित युवा परिषद्को करिब साठी जिल्लामा प्रधानमन्त्री खड्ग ओलीका समर्थकको चयन भएपछि माधव नेपाल क्रूद्ध भएका छन् ।

 आफ्नो गृहजिल्ला रौतहटको जिल्ला परिषद् प्रमुखमा आफ्नो सबैभन्दा विरोधी भनेर चिनिएको व्यक्तिलाई नियुक्त गरिएपछि नेता नेपालले क्रोध थाम्न सकेनन् र महासचिव पोखरेललाई टेलिफोन गरे । रौतहटको युवा परिषद् प्रमुख बनाउँदा आफूसँग छलफल नगरेको र सामान्य सोधनीसम्म नराखेको भन्दै नेता नेपालले महासचिव पोखरेलसँग आफ्नो असन्तोष जाहेर गरेका थिए । क्रोधित नेपालले पोखरेललाई ‘के मलाई पार्टी विभाजन गर्न बाध्य तुल्याउन खोजेको हो’ भनी प्रश्न गर्दा पोखरेलले ‘आजै, तुरुन्त पार्टी फुटाउनुभए हुन्छ, सक्नुहुन्छ’ भनी जवाफ फर्काएको बुझिएको छ । 

माधव नेपाल आफ्नो आकारभन्दा बढी चर्किएर प्रस्तुत भएपछि पोखरेलले त्यसरी जवाफ फर्काउनुपरेको बताइन्छ । घटना र विचार साप्ताहिकमा न्युज छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us