Friday, 29 July 2016

ताप्लेजङमा सम्बन्ध विच्छेद गर्ने बढे, वैदेशिक रोजगार मुख्य कारण

ताप्लेजुङ । ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालत ताप्लेजुङका अनुसार एक वर्षको अवधिमा सम्बन्ध विच्छेदका ९२ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाले
गएको आर्थिक वर्ष २०७२र०७३ मा उक्त संख्यामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए ।

श्रेष्तेदार थापाले अदातलमा दर्ता भएका उक्त संख्यामध्ये ७२ वटा मुद्दाको फैसला भएको र २० वटाको फैसला हुन बाँकी रहेको बताए । थापाका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका समेत सम्बन्ध विच्छेदका केही मुद्दा थिए । सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता गर्दा घरायसी झगडा, श्रीमानद्वारा हेला भएको भनी उल्लेख गर्ने गरिएको भएपनि वैदेशिक रोजगार एक मुख्य कारण भएको बताइएको छ । जिल्लामा पछिल्लो समय वर्षेनी सम्बन्ध विच्छेद गर्ने बढ्दै गएको पाइएको छ ।

 घरायसी झगडा र वैदेशिक रोजगार नै सम्बन्ध विच्छेदको कारण बनेको पाइएको जिल्ला न्यायाधीस अशोककुमार बस्नेतको भनाइ छ । यता नेपाल बार एशोसिएसन जिल्ला बार इकाइका अध्यक्ष नारायणप्रसाद चौलागाईं पनि सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार नै बनेको बताउँछन् । अधिकांश मुद्दाका बादीहरुको प्रकृति वैदेशिक रोजगार नै पाइएको उनले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us