Thursday, 28 July 2016

बस दुर्घटनामा पूर्व अर्थराज्यमन्त्रीसहित सातको मृत्यु

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्रीसहित सातको मृत्यु भएको छ । संखुवासभाको मुढे सनिश्चरेबाट आउँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व सांसद् तथा अर्थराज्यमन्त्री हरी खेवा लिम्बूसहित सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय घनकुटाले जनाएको छ । यद्यपी त्यसको पुष्टि हुन बाँकी छ । 

अहिलेसम्म तीन जनाको सनाखत भएको र अन्यको सनाखत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले जानकारी दिए ।  उनका अनुसार लिम्बु, ताराबहादुर बस्नेत र बस्नेतका तीन वर्षीया छोरी रेश्मा बस्नेतको मात्रै पुष्टि भएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी विभुतीराज पाण्डेसहितको टोली पुगिसकेको छ । पाण्डेले पनि लिम्बूसहित सातको मृत्यु भएको जानकारी दिए । पाण्डेका अनुसार दुर्घटना घाइते १२ जनाको उपचारको लागि अस्पताल अस्पताल लगिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us