Friday, 8 July 2016

यस्तो चिन्ता छ ९० वर्षिय बेलायती महारानीलाई नेपालबारे

काठमाडौं । १३ वर्ष यता स्कटल्याण्डको केनमोर पर्थसायर बस्दै आएका सानु गुरुङ र आना दम्पत्तिले बेलायती महारानीसँग एक्कासी जम्काभेट होला भनेर जीवनमा कहिल्यै सोचेका थिएनन् ।

रानीबाट रोयल गार्डेन पार्टीका लागि निम्तो पाएपछि सहभागी हुन पाइनेमा भने ढुक्क थिए उनीहरु । तर, सपना जस्तै भयो मंगलबार । उनीहरुसँगको भेटमा रानीले नेपालबारे चासोपूर्वक जिज्ञासा राखेको गुरुङले जानकारी दिए ।  महारानीले भलाकुसारीका क्रममा आफू नेपाल जांदा गोर्खा आर्मी क्याम्प पोखरामा बसेको क्षण र नाति प्रिन्स ह्यारीले भर्खर नेपाल भ्रमण गरेको सन्दर्भ पनि जोडेकी थिइन् । गोर्खाहरुको प्रसंग उठाउंदै रानीले बेलायत नेपाल कुटनीतिक सम्बन्धबारे समेत संक्षिप्त कुरा गरेको सानुले बताए ।

९० वर्षिय रानी एलिजावेथ आफ्ना श्रीमान डुक अफ एडिनबरा (प्रिन्स फिलिप० का साथ होलीरुड हाउस प्यालेसमा आयोजित गार्डेन पार्टीमा सरिक भएकी थिइन् । रानी अहिले होलीरुड वीकका लागि सपरिवार स्कटल्याण्डमा छिन् । राजसंस्थाले प्रत्येक वर्ष देशका विभिन्न क्षेत्र घुम्ने प्रचलन छ ।

नेपालमा भूकम्प आए लगत्तै स्थापित गुरुङ दम्पत्तिको संस्थाले चार महिनापछि च्यारिटी संस्थाको मान्यता पाएको थियो । च्यारिटी टाइम्स अवार्डस २०१६ मा वेष्ट न्यू च्यारिटीु मा मनोनित समेत भएको उक्त संस्थाले भूकम्प लगत्तै ७९ घर परिवारलाई जस्ता पाता खरिद गरिदिएको थियो । त्यसपछि संस्थाले दुई परिवारलाई घर निर्माण गरिसकेको छ भने क्षतविक्षत गोर्खाको आर्चनबासमा २१ वटा घर निर्माण गरिरहेको छ ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us