Thursday, 14 July 2016

यस्तो सजिलो छ नेपालमा , एक लाख चोर्ने, २० हजारमा छुट्ने

काठमाडौं । गत ३ जेठमा कमलादेवी केसीलगात दुई मलिलाको सुन सिक्री लुटेको आरोपमा सिन्धुपाल्चोकका बोझबहादुर भुजेल पक्राउ परे । अनुसन्धानका क्रममा उनले दुईजनाको गरी एक लाख रुपैयाँभन्दा धेरैको गहना लुटेको खुल्यो ।

प्रहरीले चोरी मुद्दा चलायो अदालतले उनलाई ० हजार धरौटीमै छाड्ने आदेश दियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।उनी तत्काल धरोटी राखेर  छुटे । अदालतबाट छुटेपछि उनी फेरी सोही धन्दामा लागे, उनको समूहले काठमाडौंमा कम्तीमा १४ जनाको सिक्री लुटेको खुलिसकेको छ ।

लाखौं चोरी गर्ने तथा सामान्य धरौटीमा छुट्ने भएकाले चोरी धन्दा राजधानीमा फस्टाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले यो साता भुजेलसहित उनका ६ जना सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु सामान्य धरौटीमै छुट्ने भएकाले छुटेपछि फेरी चोरी धन्दा मै लाग्ने गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us