Thursday, 28 July 2016

के छवि र शिल्पाको विवाह हुदैंछ ?

काठमाडौं ।  सिनेमाको पर्दामा ‘‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’, अर्थात् ‘बिस्तारै’ होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन्, र त्यसैगरी निस्किइन् ।

यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा झन्डै पाँच वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धविच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।

सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले हिजो भनिन्, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्यो, अनि गइदिएँ‘’ रेखा र छविबीचको लेनादेना चार वर्षअघि नै टुङ्गिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्राएका  रेखा करिब १० वर्षका लागि ‘छविकी’ भइन् । तर, कुरा मिल्न छाडेपछि आ–आफ्नो हिसाब–किताब मिलाएर अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौ तलामा सरिन् ।

त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन । तर, शुक्रबार साँझ छविले फोनमा भने, ‘पर्सि अदालत आइज है काली ’ रेखाले ‘किन’ भनेर सोधिन् ।

छविले ‘मैले डिभोर्सको सबै डकुमेन्ट तयार पारिसकेँ । तैँले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज ’ रेखाले भनिन्, ‘मेरो साइन तिमी नै गरिदेऊ, ल्याप्चे पनि तिमीले नै हानिदेऊ न, म होइन भन्दिनँ क्यारे ’ छविले मानेनन्, ‘त्यस्तो खेलाँची गरेर हुँदैन, तैँ चाहिन्छ ’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन्, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले नै सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसकेँ ।’ बल्ल छविले भेद खोले, ‘मलाई पनि तेरो डिभोर्स चाहिएको थिएन, तर त्यसले मानिन क्या  त्यसलाई मात्रै त मनाउन सक्थेँ होला, उसको परिवारले पहिला रेखासँग डिभोर्स भएको कागज ल्याउनुस् भनेका छन् । त्यसैले काली, प्लिज आइदे न ’
‘यसरी कर गरेपछि मात्रै गएको’, रेखाले भनिन्, ‘जे गरे पनि म डिभोर्स मुद्दा हाल्ने थिइनँ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us