घोति लगाएर नै फुटबल खेल्न बाबा रामदेव मैदानमा उत्रिएका थिए । उक्त खेलमा सांसद तथा बलिउड स्टारहरुको सहभागिता रहेको थियो ।
मोदी सरकारले ल्याएको ‘स्वच्छ भारत मिसन’ र ‘बेटी बचाओ’ अभियानका लागि उनी यस क्याम्पिनमा सहभागि भएका थिए । योग गुरु बाबा रामदेवका सञ्चार अधिकृत सान्तनु गुप्ताले भनेका छन्, ‘बाबा रामदेव एक स्वस्थ्य व्यक्तित्व तथा फुटबलले स्वस्थ रहन मदत गर्ने हुँदा यसको प्रोमोट गर्नका लागि रामदेव तयार हुनु भएको हो । राम्रो कामका लागि प्रचार गर्न उहाँ ब्राण्ड एम्वेसडर हुन राजी हुनु भएको हो ।’
उक्त च्यारिटी म्याचमा अभिशेक बच्चन, रनवीर कपुर, अर्जुन कपुर, डिनो मोरियो, सिद्धार्थ मलोहत्रा जस्ता बलिउड स्टारहरु अल स्टा फुटबल क्लबबाट फुटबल खेलेका थिए ।
त्यस्तै सांसदहरुमा बाबुल सुप्रियो, पुर्व फुटबल कप्तान प्रसुन बेनर्जी समेत टिममा सहभागी रहेका थिए । बिजेपीका एम्पी मनोज तिवारी, प्रवेश बर्मा, कमलेश पाशवन, सतिश गौतम, भोला सिंह, दुस्यन्त चौटला तथा तेलुगु देशम पार्टीका राम मोहन नाइडुको सहभागिता रहेको थियो ।
रामदेवले पैसा भने दान गरेनन् । तर, उनको पतञ्जली योग पीठले खेलाडीहरुलाई खानेपानी तथा स्न्याक्सको व्यवस्था गरेको थियो ।