Friday, 22 July 2016

गोविन्द केसीलाई भेट्दै रेखाले भनिन्-‘प्रम ज्यू, अब जनवादी बन्नुहोस्’

काठमाडैं । विभिन्न माग राखेर विगत १३ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई भेट्न नायिका रेखा थापा टीचिङ अस्पताल पुगेकी छिन् । रेखाले डाक्टर केसीलाई भेटेपछि उनको माग पुरा गर्न सरकारसँग माग पनि गरेकी छिन् ।

रेखाले फेसबुकमा लेखेकी छिन् ‘यहाँ मान्छेलाई मरिएलाकी भन्ने डर छ तर डाक्टर केसी सारा नेपालीको साझा स्वास्थ्यका खातिर जीवन गुमाउन तयार हुनुहुन्छ । यस्तोमा सरकारको तदारुकता देखिदैन । केसी हाम्रा लागि लडिरहनु भएको छ ।’

रेखाले नेपाल सरकार र प्रम केपी ओलीको यो बिषयमा ध्यानाकर्षण हुन जरुरी छ भन्दै लेखेकी छिन्(‘प्रम ज्यू, नाकाबन्दीको समयमा धेरैले तपाई राष्ट्रवादी हुनुभएको भन्दै प्रशंसा गरे । अब केसीजीले उठाउनुभएको माग पुरा गरेर जनवादी बन्नुहोस् । कारण हामी कम्यूनिस्टहरुको चरित्र पनि यही हो ।’ डाक्टर केसीको पक्षमा शनिबार हुन लागेको जनप्रदर्शनमा नेपाली चलचित्रका कलाकार पनि सहभागी हुने भएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us