काठमाण्डौ । समाजिक संजाल फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा पनि उल्लेख्निय छ । समाजमा सद्भाव भड्काउने ,भ्रम फैलिने कुराहरु फेसबुकमा लेख्ने र शेयर गर्ने गरेमा साइबर क्राइम अन्तर्गत कारबाही गरिन्छ ।
साइबर क्राइम गर्ने ब्यक्तीलाई कानुनी प्रक्रियामा लैजाने जिम्मा पनि प्रहरी कै हो तर त्यहि प्रहरीका आधिकारी फेसबुक पेजबाट पछिल्लो समय विवादस्पद लिङ्कहरु शेयर गर्ने गरेको प्रमाण फेला पारेको छ । कुरा उदयपुर जिल्ला प्रहरी कार्यालयको हो । डिपिओ उदयपुरको फेसबुकबाट राजदरबार हत्याकाण्डको पुरौ भिडियो सार्वजानिक भनेर शेयर गरिएको छ । एक महिलाको तस्बिर सहित शेयर भएको समाचारमा केहि ब्यक्तीहरुले कमेन्ट समेत गरेका छन् ।
प्रहरीकै फेसबुक आइडीबाट यस्तो समाचार पोष्ट गरेपछि विभिन्न खालका कमेन्टहरु गरिएका छन् ।