Tuesday, 19 July 2016

यी हुन चन्द्रमामा पुगेर पिसाब फेर्ने पहिलो व्यक्ति


काठमाडौं । शनिबार अर्थात जुलाई १६ मा चन्द्रमामा मानिसको पहिलो कदम राखेको ४७ औं वर्षगाँठ हो । हामीमध्ये सबैलाई थाहा छ कि चन्द्रमामा पहिलो कखम राख्ने व्यक्ति निल आर्म स्ट्रङ हुन् । त्यस्तै चन्द्रमामा पुग्ने दोस्रो व्यक्ति थिए बज एल्ड्रिन । ८६ वर्षीय एल्ड्रिनले आफ्नो अटोबायोग्राफिकल किताब ‘नो ड्रिम इज टू हाइ’ मा एउटा निकै रमाइलो घटना उल्लेख गरेका छन् ।

 एल्ड्रिनले आफूले चन्द्रमामा गएर पिसाब फेर्ने पहिलो व्यक्ति भनी लेखेका छन् । उनी लेख्छन्, ‘निल चन्द्रमामा कदम राख्ने पहिलो व्यक्ति हुन् भने म युरिन ब्ल्याडर खाली पिसाब फेर्ने गर्ने पहिलो व्यक्ति हुँ ।’

उनी थप लेख्छन्, ‘निलले एउटा सानो कदम मानिसको लागि उठाए र मानवताको लागि ठूलो कदम । यस्तै गरी मैले मानवको लागि सानो कदम उठाए र मानवताको लागि ठूलो कुराको चुहावट गरें ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us