Sunday, 10 July 2016

सुतिरहेको अवस्थामा कतारमा एक नेपालीको मृत्यु

राजविराज । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिबारले बताएका छन् ।  

चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए । मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us