Thursday, 14 July 2016

रेखा र छबिको कानुनी रुपमा बिच्छेद सँगै नयाँ सम्बन्धको बाटो खुल्यो,को बन्ला जीवन साथी ?


काठमाडौं । अभिनेत्रि रेखा थापा र निर्माता छबि राज ओझाको कानुनी रुपमै सम्बन्ध बिच्छेद भएको छ । केहि समय पहिले देखिनै नायिका थापा र निर्माता ओझा बिबिध कारणले बेग्ला बेग्लै छुट्टिएर बसेका थिए । उनिहरु छुट्टिएर भिन्दा भिन्दै बसेपनि कानुनी रुपमा छुट्टिएका थिएनन् ।निर्माता ओझा रेखा साँग कानुनी रुपमै छुटे पछि उनले अर्को बिहे गर्ने चर्चा त्यतिकै छ । त्यसोत, निर्माता ओझाले नायिका थापा सँग कानुनी रुपमै छुट्टिए पछि बैबाही जीवनलाई अगाडी बढाउन सजिलो हुने बताएका छन् । 

समाचारमा आएनुसार निर्माता ओझाले आफ्नै हिरोईन शील्पा पोखरेल सँग बिबाह गर्छन् भन्ने हल्ला पनि नचलेको होईन । साथै शील्पा र ओझाको नाम पनि निकै नै जोडिएर समाचारमा आउने गरेको छ ।

निर्माता छबि सँग छुट्टिएर बस्न थाले पछि नायिका थापाको नाम हिम्मतवाली फिल्मको नायक सुदर्शन गौतम सँग जोन्थ्यिो । तर, उक्त हिम्मतवाली फिल्म रीलीज सँगै उनिहरुको रीलेशनको सामाचार पनि त्यतिकै सेलाएर गयो । त्यस्तै नायिका थापाको पछिल्लो फिल्म रामप्यारीको रीलीज डेटमा नायिका थापा र गायक राजेश पायल राई सँग ईन्गेजमेन्ट भयो भन्ने समाचारमा आएको थियो । तर,उनिहरु दुवैले उक्त ईन्गेजमेन्टको समाचारलाई अप्रिल फुलमा समापन गरे । 

निर्माता छबि र नायिका थापा एक अर्कासँग छुटेपछि उनिहरुको नाम कुनै न कुनै ब्यक्ति सँग जोडिएर आएकै हुन्थ्यो । कानुनी रुपमै सम्बन्ध बिच्छेद भएपछि उनिहरुको बाँकी जीवनमा को को आउने हुन् त्यो चाँही भविष्यले नै देखाउने भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us