Thursday, 14 July 2016

तपाईको फेसबुकमा आईरहने शेरेलाई तपाईले चिन्नु भएको छ ? छैन भने हेर्नुस्

काठमाडौं । देख्दा कार्टुन जस्तो लाग्ने सामाजिक सञ्जाल फेसबुकमा निकै नै हिट बनेको शेरेको नामले परिचित  यो तस्बिर कसको होला तपाईले कल्पना सम्म गर्नुभएको छैन होला ?

यि व्यक्तिको बारेमा तपाईलाई जानकारी नहुन पनि सक्छ । कतिले त यो तस्बिर केवल स्केच मात्र हो भन्ने पनि गरेका छन् तर यो तस्बिर स्केच नभएर बास्तविक व्यक्तिको तस्बिर हो ।

यी ब्यक्ति नेपालका भने होइनन् । यिनी चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । उनी ७ फिट ६ इन्च अग्ला छन् ।व्यङ्ग्यमा देखिने सेतो तस्बिर तिनै व्यक्तिको फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए ।

त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । सामाजिकल सञ्जालमा यो तस्बिर छ्याप छ्याप्ती देख्न पाइन्छ  । सामाजिक संजालमा शेरेको नाममा यहि फोटो प्रयोग भएर थुप्रै मनोरन्जनात्मक पोस्ट हरु भेटिने गरेको छ  ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us