Thursday, 7 July 2016

अमेरिकामा विरोध यालीका क्रममा चार प्रहरीको हत्या

डालास – दुई जना अश्वेत नागरिकको हत्या गरेको विरोधमा आयोजित र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले चार जना प्रहरीको हत्या गरेका छन् । डालास प्रहरीका अनुसार र्याली भइरहँदा स्नाइपरहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।
प्रहरीसँगको भिडन्तपछि एक जना संदिग्ध आक्रमणकारी पक्राउ परेको र अर्कोले प्रहरी समक्ष आत्मसमर्पण गरेको डालास प्रहरीले जनाएको छ ।

र्‍यालीकै क्रममा गोलीबारी शुरु भएपछि भागदौड मच्चिएको थियो । प्रहरीले दुई अश्वेत नागरिक, मिनिसोटामा फिलान्डो क्यासिल र लुसियानामा एल्टन स्टर्लिङ, को हत्या गरेपछि बिरोध र्यालीको आयोजना गरिएको थियो । उक्त घटनाको व्यापक विरोध भइरहेको छ भने यस्ता र्याली अमेरिकाका विभिन्न सहरमा आयोजना भइरहेको छ ।

डालास प्रहरीका प्रमुख डेभिड ब्राउनले ११ जना प्रहरीमाथि स्नाइपरहरुले ‘एम्बुस’ गरेर गोली प्रहार गरेको जानकारी दिए । शुरुमा तीन जनाको मृत्यु भएको बताइएकोमा पछि संख्या चार पुगेको प्रहरीले बताएको छ । यो घटना नियोजित देखिन्छ । 


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us