Friday, 8 July 2016

यी हुन विश्वमा अर्बपति उत्पादन गर्ने स्कूल

अमेरिका । अमेरिकाका केही विश्वविद्यालयहरू सांस्कृतिक कार्यक्रमहरू बढी सञ्चालन गर्ने रूपमा चिनिन्छन्, अन्य केही भने टप इन्जिनियरिङ स्कुलका रूपमा ख्याति कमाएका छन् । तर, पछिल्लो समय केही शैक्षिक संस्थाहरू विश्वका अर्बपतिहरू उत्पादन गर्ने नामले परिचति हुन थालेका छन् । विगत केही वर्षयताको अर्बपतिको सूची हेर्ने हो भने यसको पुष्टि सजिलै हुन्छ ।

अझ विश्वविद्यालयको तुलनामा त्यहाँका स्कुलमा पढेर अर्बपति बन्नेहरूको संख्या उल्लेख्य छ । त्यहाँका स्कुलमा पढेका पूर्वविद्यार्थीहरूको अलमुनाई एसोसिएसनले विद्यालयको गरिमा बढाएको छ । किनभने धेरै अर्बपति स्कुल अलमुनाईमा आबद्ध छन्, ती सबै धनाढ्य छन् । फोर्ब्स अखबारको विश्वका ४ सय अर्बपतिको सूचीमा स्कुल अलमुनाईका धेरै सदस्यहरू पर्ने गरेका छन् ।

अमेरिकाको र्‍याङिकङमा टप ६ सय ६० कलेजहरूमध्ये कति जना अर्बपति बने भनेर फोर्ब्सको सूचीलाई नियाल्दा त्यहाँका विद्यालयले उत्पादन गरेकाहरू बढी रहेको देखिन्छ । अधिकांश अमेरिकी अर्बपतिरधनाढ्य अन्डरग्य्राजुएट छन् ।  युनिभर्सिटीमा पेन्सिलभानियाको आईभी लिग संस्थामा सबैभन्दा बढी अर्बपति सदस्य छन् । त्यसको फिलाडेल्फिया स्कुलमा पढेका २१ जना विद्यार्थी गत वर्षको फोर्ब्सको चार सय जनाको सूचीमा एक्लो प्रतिनिधित्व गरेको थियो, जुन ५ प्रतिशत हुन आउँछ । चार सय जनाको सम्पत्तिमध्ये ब्रोडर्स ह्यान्क र डग मेइजर जोडीको धेरै हो ।

यी दुवै स्कुले शिक्षाबाट अर्बपति बनेका हुन् । अर्को उदाहरण पेन्न ग्य्राडका इलोन मस्कलाई लिन सकिन्छ । पेपलका सहसंस्थापक र टेल्सा मोटर्स र स्पेस एक्स दुवैका वर्तमान सीईओ उनी क्यानेडाको क्विन्स विश्वविद्यालयमा पढेको भए पनि उनको अधिकांश सम्पत्तिको स्रोत स्कुले जीवनमा कमाएको धर्न नै हो । त्यही सम्पत्ति उनको धनाढ्य बन्ने स्रोत पनि बन्यो । अर्का अर्बपति पेन अलमुनाईमा आबद्ध लौरेन पवेल जोब्स, जो स्टेभ जोब्सका विधवा पनि हुन् । उनले पनि स्कुले शिक्षा पछि नै धनाढ्य बनेकी हुन् ।

पछिल्लो उदाहरणका रूपमा डोनाल्ड ट्रम्पलाई लिन सकिन्छ । उनले अर्थशास्त्रमा वार्टसन स्कुलबाट सन् १९६८ मा डिग्री हासिल गरे । उनी पेन्न अलमुनाईमा आबद्ध छन् । हावार्ड र याले अर्बपतिहरूको अलमुनाईमा दोस्रो ठूलो हो । फोर्ब्सको चार सय जनाको सूचीमा १४ यसै अलमुनाईका सदस्य हुन् ।

हावार्डको एउटा महत्त्वपूर्ण कुराचाहिँ के हो भने मुलुककै सबैभन्दा कान्छो अर्बपति ३२ वर्षीय एयरबन्बका सहसंस्थापक नेथान ब्लेचार्कजिक हुन् । उनले कम्प्युटर विज्ञानको शिक्षा स्कुलमै हासिल गरेर नाम र दाम कमाउन सफल भएका छन् । लस एन्जेलस क्लिपरका मालिक र पूर्व माइक्रोसफ्ट सीईओ स्टेप बालमर, आयल टाइकुनका अन्तिम जीवित नाति जोन डी रोकफेलर लगायतका अर्बपतिहरू हावार्ड स्कुलका ‘ग्रयाड्स’ उत्पादन हुन् । यो विश्वविद्यालय ड्रपआउट हुने विद्यार्थीहरूका लागि परिचित छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्ग र विश्वकै धनाढ्य बिल गेट्सलाई यसको उदाहरणका रूपमा लिने गरिन्छ । राइभल स्कुल याले हावार्डलाई धन्यवादको पात्रका रूपमा हेर्ने गर्छ, जसको अलमुनाई सशक्त रहँदै आएको छ । ब्ल्याकस्टोन समूहका सहसंस्थापक स्टेफेन स्वार्जमेनले विद्यालयको पढाइ सकाएर आफ्नो पहिलो छनोट हावार्डलाई गरेको थियो, आफ्नो उच्च शिक्षा प्राप्त गर्न । तर, उनको आवेदन विश्वविद्यालयले त्यसताका अस्वीकृत गरिदिएको थियो ।

त्यसपछि उनी यालेमा गएका थिए । उनले हावार्डबाट एमबीएको शिक्षा हासिल गर्न त सकेनन् तर अर्बपति बन्न उनलाई कसैले रोकेन । अघिल्लो वर्ष उनले सञ्चारमाध्यमलाई भनेका थिए, ‘पछि हावार्डमा नामांकन गर्ने डिनले तिमीलाई आफ्नो विश्वविद्यालयमा एडमिसन नगरेर ठूलो गल्ती गरेको भनेर पत्र पठाएको थियो ।’ यालेका अर्को ग्य्राजुएडहरू हुन्, फेडएक्स संस्थापक फ्रेड स्मिथ र जोन तथा फोर्रेस्ट मार्स । दुवै अर्बपति हुन् ।

यसैगरी चौथो अर्बपति उत्पादन गर्नेमा स्टानफोर्ड पर्छ । त्यस अन्तर्गतको पश्चिम तटीय स्कुलबाट पढेका १३ जना पूर्वविद्यार्थी अर्बपतिको सूचीमा परेका छन् । त्यसको अलमुनाईमा धेरैभन्दा धेरै टेक अर्बपतिहरू आबद्ध छन् । तीमध्ये युवा अमेरिकी अर्बपति स्नेपच्याटका संस्थापक इभान स्पिगेल र बबी मर्फी पनि हुन् । दुवैको भेट स्कुलको कप्पा सिग्मा फ्रयान्ट भवनमा भएको थियो । त्यस्तै मेसेजिङ टाइटन हाट्स एप्पका सहसंस्थापक ब्राएन एक्सन र लिंक्डइनका रेइड हफम्यान स्कुलमै सिकेका सीपबाट अर्बपति बन्न सफल भए ।

कलेज र विश्वविद्यालयको डिग्री नलिईकनै धनाढ्य बने । यसैगरी जिम ब्रेययर र पिटर थिएल जोडीले प्रविधि क्षेत्रमा लगानी गर्ने सोच स्कुलमै बनाएका थिए । युनिभर्सिटी अफ साउदर्न क्यालिफोनिर्या अन्तर्गतको क्यालिफोर्निया स्कुल पनि अर्बपति उत्पादन गर्ने कारखानाका रूपमा अमेरिकामा चर्चित छ । मार्क बेनिअफ र फ्र्यान्क फर्टिटा त्यही स्कुलका उत्पादन हुन् । यसरी उच्च–शुल्क असुल्ने निजी विद्यालयहरूले मात्रै अमेरिकी धनाढ्यहरूको उत्पादन गरेका छैनन्, त्यहाँका सरकारी स्कुलहरूले पनि धेरै जना अर्बपति जन्माएका छन् ।

त्यसैले पढाइमा धेरै खर्चिएर मात्रै मानिस सफल हुन्छ भन्ने होइन । सरकारी विद्यालयका पूर्वविद्यार्थीहरूको अलमुनाईले पनि यसको पुष्टि गर्छ । युनिभर्सिटी अफ मेसिगनले गुगलका सहसंस्थापक ल्यारी पेजलगायत अर्बपतिको उत्पादन गर्न सक्षम भएको छ । एउटा अर्को आश्चर्य ४०६ जनामध्ये १०८ जना अर्बपतिहरू स्नातक नपढेका छन् । अर्बपति बन्नेमा केहीले त औपचारिक शिक्षा हासिल गर्नेहरू पनि परेका छन् । ओराकलका सहसंस्थापक ल्यारी इलिसन र कम्प्युटर विज माइकेल डेल लगायतका अर्बपतिहरू बीचमै पढाइ छाड्नेहरूमा पर्छन् ।

यसैगरी डोल फुड्सका सीईओ ड्याभिड मुर्डक जसले कलेजको ढोकासम्म पुग्न सकेनन् तर अर्बपति बने । उनले नौ कक्षाका विद्यार्थी छँदै पढाइ छाडेर ग्यास स्टेसनमा काम थालेका थिए । उनको आफ्नो घर पनि थिएन, कति रात त उनले डेट्रोएड पार्कको घाँसमा सुतेरै बिताएका थिए । उनलाई एक जना सहयोगीले १२ सय अमेरिकी डलर ऋण दिएपछि उनको भाग्योदय भएको भनिन्छ । त्यही रकमले उनी स्थानीय खाना खुवाउने सानो होटल खोले र त्यसको आम्दानी सञ्चय गर्दै आज आफ्नो सम्पत्ति अर्ब अमेरिकी डलर पुर्‍याएका छन्  । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us