Thursday, 7 July 2016

पुस २३ देखि माओवादी केन्द्रको महाधिवेशन तय

 काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौंमा हुने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो ।
उनीहरुबीच पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति भएको थियो । त्यही अनुसार महाधिवेशनको मिति तय गरेको हो ।
यस्तै माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us