Thursday, 14 July 2016

फ्रान्समा अर्को शोक, ८० लाई ट्रकले किचेर मारियो

फ्रान्स । ट्रकमा आएर एक जना बन्दुकधारीले तीव्र गतिमा अन्धाधुन्दा ट्रक चलाउदा फ्रान्सको निसमा ८० जनाको ज्यान गएको छ भने अन्य दर्जनौं व्यक्ति घाइते भएका छन् । निसको फ्रेन्च रिभिरा सहर नजिकै वेस्टाइल डे मनाइरहेको ठाउँमा ठूलो ट्रक कुदाइएको थियो ।

फ्रान्सका आन्तरिक मामिला मन्त्री बर्नार्ड क्याजेनोभाले ८० जना मारिएको र १८ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । अन्धाधुन्दा ट्रक चलाएका ति व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ । मारिनुअघि उनले गोली चलाएको बताइएको छ ।

बिहानै राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होलान्डेले पेरिस आक्रमणपछि लगाइएको ८ महिने संकटकालको अवधी ३ महिना बढाइएको घोषणा गरे ।

‘यो नयाँ शोकले फ्रान्समा निराशा भरिएको छ’, उनले भने । राष्ट्रपतिले आक्रमणमा आक्रमणमा परी धेरै बालबालिकाले समेत ज्यान गुमाएको भन्दै यसलाई आतंकवादको संज्ञा दिए ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us