Sunday, 10 July 2016

ऋणमा चुर्लुमै डुमेको आयल निगम अहिले यसरी गर्दै छ, मासिक ७० करोड नाफा


काठमाडौं । ‘करिब १४ वर्ष देखिको ऋण आइतबारबाट मुक्त भयौं,’ निगम अर्थ विभागका निर्देशक सीताराम पोखरेलले भने, ‘ऋण तिर्न सफल हुनुमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावट र स्वचालित मूल्य कार्यान्वयन गर्नु नै हो ।’ अर्थ मन्त्रालले पनि असारभित्रै ऋण चुक्ता गर्न पत्राचार गरेपछि निगमले पनि सोहीअनुसार तिरेको हो । अहिले पनि निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ । 

राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९र६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो । आपूर्ति सहज बनाउन सरकारसँगै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकसँग ऋण लिएको थियो । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सरकार र बैंक लगायतबाट पटकपटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो । 

अर्थ मन्त्रालयबाट १२ अर्ब ६४ करोड, नागरिक लगानी कोषको ९ अर्ब ३८ करोड, कर्मचारी सञ्चय कोषको १२ अर्ब ६० करोड र बैंकहरूबाट २ अर्ब २४ करोड रुपैयाँ ऋण थियो । २०७१ असोजदेखि स्वचालित मूल्यमा गएपछि निगम नाफामा छ । सोही नाफाबाट ऋण तिर्दै आएको हो । बैंक वित्तीय संस्थाबाट लिएको ऋण अघिल्लो वर्ष नै तिरिसकेको थियो । 

‘निगमसँग रकम नहुँदा २०५९र६० सालबाट सरकार र बैंक तथा वित्तीय संस्थाबाट क्रमशस् ऋण लिँदै भारतीय आयल कर्पोरेसन्स ९आईओसी० लाई रकम बुझाउँदै इन्धन आयात गरिरहेका थियौं,’ प्रवक्ता घिमिरेले भने, ‘स्वचालित मूल्यमा गएपछि क्रमशस् ऋण तिर्दै आयौं । आइतबार भने सम्पूर्ण ऋण चुक्ता गरेको छौं ।’ 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झरेपछि निगमको मुनाफा हवात्तै बढेको थियो । नाकाबन्दीको समयमा आपूर्ति नघटेको भए निगमको नाफा अझ बढी हुने आकलन छ । अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४५ डलरको हाराहारीमा छ । अन्तर्राष्ट्रिय मूल्यमा निरन्तर गिरावट आए पनि निगमले सोहीबमोजिम मूल्य समायोजन गरेको थिएन । निगमले ऋण र ब्याज तिर्न छुट्टै शीर्षक पनि राखेको छ । भने अर्कातिर उच्च नाफासमेत राखेको थियो । पछिल्लो पटक फागुनमा पेट्रोल डिजेलको मूल्य समायोजन भएयता मूल्य घटेको छैन । यस अवधिमा भारतमा भने ५ पटक मूल्य समायोजन भएको थियो । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us