Sunday, 10 July 2016

वर्षाले तल्लो र माथिल्लो डोल्पा बीच सम्बन्ध विच्छेद


काठमाडौं । शनिबार बेलुकीदेखि अविरल रुपमा परेको वर्षाले लावन गाविसमा पर्ने व्यासगाड खोलाको काठेपुल बगाएपछि तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद भएको छ ।

 यसबाट सात गाविसमा आवागमन ठप्प भएको छ । मध्यरात २ बजेतिर खोलामा पानीको बहाव बढेर पुल बगाएपछि माथिल्लो डोल्पाका लावन, सहरतार, धो, साल्दाङ, तिन्जे लगायत गाविसमा आवतजावत ठप्प भएको स्थानीय समाजसेवी ओम मगरले जानकारी दिए ।

काठेपुल पुनःनिर्माणको स्थलगत अनुगमनका लागि जिल्ला प्राविधिक कार्यालय र जिविस डोल्पाको टोली आज बिहान गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 

पुल बगाएपछि माथिल्लो डोल्पामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । छिट्टै आवागमन खुलाउन पुल निर्माण तत्काल सुरु गरिने बताइएको छ । 


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us