Tuesday, 19 July 2016

प्रधानमन्त्री केपी ओलीको निवास अगाडिबाट यसरी समातिय १२ सेतो पोषकधारी

काठमाडौं ।  चिकित्सा क्षेत्रमा सुधार लगायतका माग राखी डा। गोविन्द केसी आठौं अनसनको दसौं दिनमा छन् आज। उनका मागप्रति सरकार मौन रहेको भन्दै विभिन्न क्षेत्रबाट उनको समर्थनमा र्‍याली, जुलुस र सरकारविरुद्ध नाराबाजी पनि भएका छन्।


त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनसन बसिरहेका उनको समर्थनमा चिकित्सक र विद्यार्थीहरुको र्‍याली आजै बिहान अस्पतालबाट निस्कियो र सोझियो( बालुवाटार। त्यहीँ बस्छन् प्रधानमन्त्री केपी शर्मा ओली।

केसीका मागबारे प्रधानमन्त्रीलाई घचघच्याउन पुगेका उनीहरुले तपाईंलाई जनताले चुनेको कि माफियालेरुु, खानचाहिँ डराउने बोल्नचाहिँ किनरु, माफियाको मिसन(सिटामोलमा पनि कमिसनु लेखिएका प्लेकार्ड बोकेका थिए।

बालुवाटार पुग्नासाथ उनीहरु नाराबाजीमा उत्रिए। बिस्तारै उनीहरुको भिड निषेधित क्षेत्र नजिकै पुग्यो। सुरक्षाकर्मी अघि नबढ्न भनिरहेका थिए। तर उनीहरुको जोस रोकिएन, काँडेतार हटाउन उनीहरुका हात अघि बढे। सुरक्षाकर्मीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी नै पर्‍यो।

अन्ततस् भिड थाम्न नसकेपछि प्रहरीले धमाधम उनीहरुलाई भ्यानमा कोच्न थाल्यो। समातिएका १२ जना चिकित्सक र विद्यार्थी अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us