Wednesday, 20 July 2016

पुरुष बनेर महिलासँग विवाह गर्ने महिला प्रहरी खोरमा

जकार्ता । पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् ।

उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् । पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको जालमा फसाउन सफल भए । केही महिनाको रोमान्सपछि दुवैले विवाह गरे । यसरी फँस्नेमा २५ वर्षीया हेनियाती रहेकी छिन् ।

विवाह समारोहमा शंका नहोस् भनेर शुरवातीले केही पुरषहरुलाई साथीको रुपमा भाडामा समेत बोलाएकी थिइन् । हेनियातीलाई उनी पुरुष भएको पत्ता लगाउन केही महिना लागेको थियो । विवाह भएको लामो समय पनि यौनसम्बन्ध राख्न आनाकानी गरेपछि उनलाई आफ्नो पतिमाथि शंका लाग्न थाल्यो । पछि उनले घरमा शुरवातीको वास्तविक परिचय पत्र हात पारिन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि शुरवातीलाई प्रहरीले पक्राउ गर्यो ।

उनी किन पुरुष बनिन् भन्ने हालसम्म नखुलेपनि उनी आफ्नो पहिलो विवाहबाट दुःखी रहेको बताइएको छ । उनको १७ वर्षको छोरा पनि रहेको बताइएको छ । इन्डोनेसियामा समलंगी विवाहलाई घृणाको रुपमा हेर्ने हुँदा उनले यस्तो कदम उठाएको हुन सक्ने बताइएको छ । उनलाई ७ वर्षसम्म कैद हुनसक्छ ।

केही समयअघि चीनमा एक पुरुषले महिलाबनेर यसरी नै झुक्याएको समाचार आएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us