Tuesday, 19 July 2016

१८ नोभेम्बरमा विवाह गर्दै सलमान खान

दिल्ली । बलिउडका दंबग सलमान खानले नोभेम्बर १८ मा बिहे गर्ने बताएका छन् । उनको विवाहलाई लिएर चौतर्फी हल्ला चलिरहँदा उनले नोभेम्बर १८ मा बिहे गर्ने कुराको खुलासा गरेका हुन् ।

लूलिया वंतुरसँग अफयेरको हल्ला चलिरहँदा उनले लुलियासँगै विवाह गर्लान् त भन्ने प्रश्न पनि उठिरहेको छ । मुम्बईमा सानिया मिर्जाको अटोबायोग्राफी विमोचन गर्ने क्रममा सलमान खान पनि उक्त कार्यक्रममा पुगेका थिए ।

सानियाले सलमान खानलाई सबैको अगाडि कहिले विहे गर्नुहुन्छ भनेर प्रश्न गरेकी थिइन् । जबाफमा सलमान खानले नोभेम्बर १८ मा विहे गर्ने बताएका थिए ।

तर कुन वर्षको नोभेम्बर १८ त्यो भने नसोध्न सलमानले भनेका थिए । धेरैको विश्वास छ कि, सलमान खान आउने नोभेम्बर १८ मा लूलियासँग विवाह गर्दैछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us