काठमाडौं । खोजी भयो आर्यघाटमा, तर उनी थिए भोजमा मग्न आखिर सबैका लागि आ–आफ्नो दुनो सोझ्याउनु न छ । साथीका बाबु मरे, तिनलाई एक थुंगा फुलले भए पनि आर्यघाटमा श्रद्वाञ्जली चढानुपर्छ भन्ने जानेर पनि यी नेता गएनन् ।
किनभने, उनका लागि साथीका बाबुभन्दा आफ्नो दुनो सोझ्याउनु नै निको लाग्यो । एसियाका उत्कृष्ट अर्थमन्त्री घोषित डा. रामशरण महतले यस्तो गरेका हुन् ।
कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री बलबहादुर केसीका बुबा लालबहादुरको निधनपछि अन्तिम श्रद्वाञ्जली अर्पण गर्न काठमाडौंमा भएजतिका कांग्रेस र गैरकांग्रेसी पनि पुगे ।
तर, महत नपुग्नुमा अख्तियार प्रमुख लोकमानसिंह कार्की बाधक बनेका रहेछन् । उनले त्यसदिन लोकमानसहित उनको परिवारका सदस्यका लागि मण्डिखाटारस्थित घरमा भव्य भोज आयोजना गरेका थिए ।
भोजको उद्देश्य थियो, अख्तियारमा परेको एउटा उजुरीबाट मुक्त हुनु । त्यसो त पोहोरको महाभूकम्पपछि राहत र उघारक्रममा भएका अनेकन भ्रष्टाचारका मामिला त्यसबेलाको अर्थमन्त्रीका हैसियतमा महतले झेल्नुपर्ने हो । तर, मिलेमतोकै कारण काठमाडौंका एलिडिओ तीर्थ भट्टराईलगायत तलका कर्मचारी भटाभट कारबाहीमा पर्दैछन् । तर, अर्थमन्त्री अहिलेसम्म चोखे ।
यतिबेलाको तनाव हो, दरबारजस्तो घरको मामिला । चैत १८ गते घरकै भर्याङबाट चिप्लिएर त देशवासीले सुने । आजको जनआस्था साप्ताहिकमा खबर छ ।