Monday, 18 July 2016

प्रधानमन्त्री बन्ने रेसमा प्रचण्ड, भारतलाई फकाउन दुतलाई पठाए दिल्ली

काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्रीका रुपमा समर्थन जुटाउन दिल्लीमा दुत पठाएका छन् ।

भारतीय पत्रिका द हिन्दुमा प्रकाशित समाचारका अनुसार प्रचण्डले हेर्डक्वाटर सदस्य समेत रहेका मातृका यादवलाई दुतका रुपमा दिल्ली पाठएको दावी गरिएको छ । समचारमा भनिएको छ, आफ्नो नेतृत्वमा गठन हुने संभावित सरकारको समर्थन जुटाउन प्रचण्डले दुत पठाएका हुन् ।

आफ्नो समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि आफु प्रधानमन्त्री बन्ने तरखरमा छन् । प्रचण्डले आफ्नो दिल्ली आफुलाई प्रधानमन्त्रीमा समर्थन गरोस् भन्ने चहान्छन्, समचारमा प्रष्ट्याइएको छ ।

भ्रमणका क्रममा यादवले कांग्रेस नेता करण सिंह, जेडियुका सरद यादव, लगायतका राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।

‘यादवले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा दिल्लीको समर्थनका लागि आग्रह गरेका थिए’, स्रोतले भनेको छ, ‘प्रचण्ड दिल्लीसँग नजिक छन् भन्ने दिल्लीमा गलत बुझाई रहेको विषयमा यादवले प्रष्ट पारेका छन् ।’

यादव असार ३१ देखी साउन २ गतेसम्म भारत भ्रमणमा थिए । यद्यपी यादवले भने आफु दुतका रुपमा नभई स्वास्थ उपचारका लागि दिल्ली गएको बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us