काठमाडौं । फलफुल र मासु पछि अव सरकारले औषधी पसल तिर अनुगमन थालेको छ । सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । औषधि व्यवसायीहरुले धमाधम सटर बन्द गरेर हिँडेका छन् ।
आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
रितेश, इखा लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । बन्द गरी अनुगमनमा असहयोग गर्ने पसलहरुमा शिलबन्दी गरेर कारबाही अघि बढाउने अनुगमन टोलीले चेतावनी दिएको छ ।
यसअघि अनुगमन टोलीले बालाजु र टोखा क्षेत्रका तीन वटा औषधि पसलहरुमा शिलबन्दी गरेको थियो ।