Sunday, 10 July 2016

तेस्रो पटक विहे गर्दै ७५ बर्षीय पेले


साओ पाओलो । विश्व फुटबलका लेजेण्ड ब्राजिलियन पेलेले ७५ बर्षको उमेरमा तेस्रो विवाह गर्ने भएका छन् । लेजेण्ड पेलेले आफूभन्दा २५ वर्ष कान्छी जापनिज मासिया सिबेलो अओकीसंग विवाह गर्न लागेका हुन् ।

पेलेले नयाँ दुलही मासिया सिबेलो अओकीसँग शनिबार साओ पाओलोको ग्वारुजामा विवाह गर्ने एएफपीले  जनाएको छ । समाचारमा जनाइए अनुसार लिजेन्ड पेले र मासिया सिबेलो अओकी पछिल्लो ६ वर्षदेखि प्रेममा थिए । तर, पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या आएपछि उनीहरुबीच विवाह ढिला भएको समाचारमा उल्लेख गरिएको छ ।

एएफपीका अनुसार पेलेले मासिया सिबेलो अओकीलाई सन् २००८ मा अमेरिकाको न्यूयोर्कमा भएको एक पार्टीमा भेटेका थिए्र र, पेले र मासिया सिबेलो अओकीबीच २०१० देखि प्रेम सम्वन्ध सुरु भएको बताइएको छ । पेलेले अओकीलाई पहिलो पटक २०१२ मा सार्वजनिक गरेका थिए ।

पेलेले यसअघि दुई विवाह गरिसकेका थिए । पेलेको पहिलो श्रीमतीबाट तीन छोराछोरी छन् । त्यस्तै दोस्रो श्रीमतीबाट दुई सन्तान रहेको समाचारमा उल्लेख गरिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us