Friday, 10 June 2016

पाथिभरामा १७ दिनमै रु २० लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, २८ जेठ, पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएकोले पनि यति धेरै भेटी सङ्कलन भएको हो ।

 पाथिभराको दर्शन गर्न यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा आएका स्वदेशी तथा विदेशी दर्शनार्थीबाट सो भेटी सङ्कलन भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ ।

यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ सङ्कलन भएको थियो । यसैगरी मन्दिरमा धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा भएको बताइएको छ । अहिले पनि दैनिक सयौँको सङ्ख्यामा मन्दिर दर्शनका लागि मानिसहरु जाने गरेका छन् । पाथीभराको दर्शन गरे आफूले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहिआएकोले पनि दर्शनार्थीको चाप बढेको हो । साथै यातायात र बसोवासको सुविधाले गर्दा पनि सिजन वा बेसिजनमा पनि दर्शनार्थी आउने गरेको स्थानीयले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us