Sunday, 19 June 2016

आयरल्याण्डमा एकै दिन दुई नेपालीको मृत्यु


५ असार, आयरल्याण्ड । राजधानी डब्लिन स्थित पोर्टेबेलो नदिमा डुबेर एक नेपालीको मृत्‍यु भएको छ । धनगढी स्थाइ घर भई हाल डब्लिन बस्ने २१ बर्षका किशोर बुढाको शनिबार बिहान ३ बजे मृत्‍यु भएको हो । साथीहरु सँगै नदिमा पौडी खेल्ने क्रममा उनी डुबेका हुन् । अचेत अवस्थाका बुढालाई साथीहरुले नदिबाट बाहिर निकालेका थिए । सेन्ट जेम्स हस्पिटल पुर्याइएका उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ग्रिफिथ कलेजमा अध्ययनरत किशोर गत सेप्टेम्बरमा विध्यार्थी भिसा अन्तर्गत आयरल्याण्ड आएका थिए । मृतकको शव नेपाल पठाउने सम्बन्धमा परिवार सँग समन्वय गर्ने क्रममा आफुहरु रहेको गैर आवासिय नेपाली संघ आयरल्याण्डका निबर्तमान अध्यक्ष गणेश प्रसाईले बताउनु भएको छ ।

यसैबिच लामो समय देखी मृगौला रोगबाट ग्रसित नेपाली यम बहादुर रावतको सोही अस्पातलमा उपचारका क्रममा आज निधन भएको छ । एनआरएन आयरल्याण्डका अध्यक्ष राजन काफ्लेले एक बिज्ञप्ती जारी गर्दै दुबै नेपालीको निधन प्रती श्रधान्जली ब्यक्त गर्नु भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us