Friday, 17 June 2016

बाबाको सवारीले आफै जाममा परेपछि उपराष्ट्रपति पुत्रद्वारा फेसबुकमै यस्तो आक्रोश

काठमाडौं २ असार । आफ्नै पीता उपराष्ट्रपति नन्दबहादुर पुनकोे सवारीका कारण आधा घण्टा ढिला भएपछि पुत्र दिपेश पुनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । विहीबार साता व्यापी भ्रमण पुरा गरेर उपराष्ट्रपति पुन नेपाल फर्किएका थिए ।

आज उपराष्ट्रपतिको सवारीको कारण म माइक्रोमा घण्टौं जाममा पर्दा म नाताले उपराष्ट्रपतिको छोरो दिपेशलाई त यति धेरै रिस उठ्यो भनी साध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रिस उठ्छ होला ?’ प्रश्न गर्दै दिपेश पुनले लेखेका छन्, ‘सुरक्षा वा जेजे कारणले भए पनि सरकारले भिआईपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाईं नयाँ नियम वा छोटो बाटोको वैकल्पिक व्यवस्था गर्नुपर्छ ।’

उनले लेखेको स्ट्याटस यस्तो छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us