Wednesday, 29 June 2016

नेपालमा १६ मिनेटको बीचमा दुईवटा भूकम्प

काठमाडौंः बझाङलाई केन्द्रबिन्दु बनाएर बुधबार दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार दिउँसो १६ मिनेटको बीचमा बझाङको सुनीकोट र मेलाविसौनी नजिकै केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्पको धक्का महसुस भएको हो ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको भूकम्पले हल्लाएलगत्तै अर्को भूकम्प गएको हो ।




राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प गएको १६ मिनेट नबित्दै ३ बजेर ११ मिनेटमा बझाङकै सुनिकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

गत वर्ष वैशाख १२ को शक्तिशाली भूकम्पकै परकम्प जारी रहेका बेला बझाङमा नयाँ भूकम्प गएको हो । दिउँसो ३ बजेर ११ मिनेटमा सुनिकोट नजिकै केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यी दुई भूकम्पको धक्का बझाङका छिमेकी जिल्ला बाजुरा, कालिकोट र हुम्लासहितका स्थानमा पनि महसुस भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us