
तर, खेलकै छैटौँ मिनेटमा जवाफ पर्काउदै आईसल्यान्डका तर्फबाट राग्नर सिगुर्डसन र १८औँ मिनेटमा कोल्बिएन सिग्थोर्सनले एक एक गोल गरी इंग्ल्यान्डलाई चुनौती दिए । खेल समयभरि नै इंग्ल्यान्डले आईसल्यान्डलाई दबाबमा राखेको थियो । तर, पछाडि कुनै गोल नसकेपछि इंग्ल्यान्डले पराजय भोग्नु पर्यो ।
इंग्ल्यान्डका प्रशिक्षकद्धारा राजीनामा
युरोकपको अन्तिम १६ मा अप्रत्यासित हारपछि इंग्ल्यान्डका प्रशिक्षक रोय हडसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । ६८ बर्षीय हडसनले सन् २०१२ को मेमा प्रशिक्षकको रुपमा इंग्ल्यान्ड प्रवेश गरेका थिए । उनले आफ्नो प्रशिक्षणमा भएका ५६ खेलमध्ये ३३ खेल जिताएका थिए ।