Tuesday, 28 June 2016

अफगानिस्तानमा ४४ तालिवान र ३७ आइएस लडाकू मारिए

अफगानिस्तानको उत्तर र उत्तरपूर्वी प्रान्तमा गत २४ घण्टाभित्र आतंककारीविरुद्ध गरिएको कारबाहीमा ४४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा ४४ जना भन्दा बढी आतंककारी मारिएको उल्लेख छ । कारबाहीमा ९३ जना आतंककारी पक्राउ परेका र सयौं घाइते भएका बताईएको छ ।

कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । उत्तर र उत्तरपूर्वी अफगानिस्तानमा सक्रिय रहेका तालिवान आतंककारीले भने सरकारले निकालेको विज्ञप्तीबारे कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा इस्लामिक आतंककारी विरुद्ध गरिएको कारबाहीको क्रममा ३७ आइएसका आतंककारी मारिएका प्रान्तीय गभर्नरले मंगलबार जानकारी दिनुका छन् । सिन्ह्वा

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us